‘सिने स्टार अवार्ड २०२०’ फिल्म दर्ता आह्वान

3 weeks ago

‘सिने स्टार अवार्ड २०२०’  फिल्म दर्ता आह्वान

क्यानडामा हुन गइरहेको पहिलो ‘सिने स्टार अवार्ड २०२०’को लागी फिल्म दर्ता आह्वान गरिएको छ । आगामी जनवरी अन्तिम साता टोरन्टोमा हुने अवार्डको लागी फिल्म दर्ता प्रक्रिया सुरु भएको हो ।आयोजक संस्थाले दिएको जानकारी अनुसार बर्ष २०७५ भित्र प्रदर्शनमा आएका फिल्महरुले यहि कार्तिक मसान्तभित्र दर्ता प्रक्रियामा सहभागी हुन सक्नेछन् । ‘भ्रमण बर्ष २०२०’ लाई लक्षित गरेर आयोजना हुन लागेको अवार्डको लागी दर्ता प्रक्रियामा सहभागी हुने फिल्महरुबाट निर्णायक टिमले उत्कृष्ट तीन मनोनयन तय गर्ने आयोजक संस्था हिल्सा इन्टरटेन्मेन्टका प्रतिक बुढाथोकीले बताए ।

जनवरी ३१ तारिखमा हुने अवार्डको लागि मोहन निरौला, रमेश बुढाथोकी र दिनेश डिसी निर्णायक टिममा सदस्य छन् । उल्लेखित निर्णायक टिमले अवार्डको लागि सहभागी हुने फिल्महरुबाट विभिन्न १२ विधामा उत्कृष्ट तीन छनोट गर्नेछ । अवार्डमा उत्कृष्ट फिल्म, निर्देशक, अभिनेता, अभिनेत्री, पटकथा, सिनेमाटोग्राफी, सम्पादन, संगीत, पार्श्व गायक, पार्श्व गायिका, सह(अभिनेता, सह(अभिनेत्री प्रतिस्पर्धी विधा समावेश छन् । मनोनयन सुची भने मंसिर दोश्रो साता सार्वजनिक हुनेछ ।

प्रतिस्पर्धी विधासँगै नेपाली चलचित्र क्षेत्रमा लामो समयदेखि योगदानपुर्याउँदै आएका एक चलचित्रकर्मीलाई लाइफटाइम एचिभमेन्ट अवार्ड र निर्णायक टिमको तर्फबाट जुरी अवार्ड समेत प्रदान हुनेछ । हिल्सा इन्टरटेनमेन्ट प्रा। लि। नेपालको मुख्य आयोजनामा हुने अवार्ड जी।टी।ए। लायन्स क्लब टोरेन्टो क्यानडा र सिने मल्टीभिजन क्यानडाको सहकार्यमा हुँदैछ । नेपाली चलचित्रलाई अन्तर्राष्ट्रियकरण गर्नमा अवार्डले महत्वपुर्ण भुमिका खेल्ने आयोजकले विश्वास लिएको छ ।

पर्यटन बर्ष लक्षित कार्यक्रमले राष्ट्रिय पर्यटन प्रवर्धनमा ठुलो भुमिका खेल्ने र सरकारले पर्यटन बर्ष मनाइरँदा विदेशी भुमिका आयोजना हुन लागेको अवार्ड समारोहले सरकारी अभियानमा हातेमालो गर्ने अपेक्षा आयोजकले लिएको छ । दैनिक १ लाख बढि पर्यटकले भ्रमण गर्ने टोरन्टोमा अवस्थित विश्वकै सात आश्चर्य मध्येको एक ‘नायग्रा फल्स’मा नेपाली चलचित्र र नेपाली पहिचानलाई पुर्याउने प्रतिवद्धता पनि आयोजकले गरेको छ ।

Facebook Comments
Leave a comment

Related News/Blog

पूजासँग रोमान्टिक बने पल : ‘म यस्तो गीत गाउँछु २
पूजासँग रोमान्टिक बने पल : ‘म यस्तो गीत गाउँछु २
1 hour ago BodhiHD

 पूजा शर्मा र पल शाह स्टारर चलचित्र ‘म यस्तो गीत गाउँछु २’को एउटा गीत छायाँकन गर्न ७ दिन लागेको छ …

अनमोल र सुहानाको जोडी पक्का ‘ए मेरो हजुर ४’
अनमोल र सुहानाको जोडी पक्का ‘ए मेरो हजुर ४’
2 hours ago BodhiHD

चलचित्र ‘ए मेरा हजुर ’को चौथो सिरिज पनि बन्ने भएको छ  । ‘ए मेरो हजुर ३’बाट यो सिरिजमा भित्रिएका अनमो…

‘मिस्टर नेपाली’को ‘डंका पिट्यो’
‘मिस्टर नेपाली’को ‘डंका पिट्यो’
2 days ago BodhiHD

शुक्रबारदेखि नेपालभर रिलिज हुन लागेको फिल्म ‘मिस्टर नेपाली’को नयाँ गीत ‘डंका पिट्यो’ सार्वजनिक गरिएक…

‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक
‘१२ सत्ताइस’ ट्रेलर सार्वजनिक
3 days ago BodhiHD

फिल्म ‘१२ सत्ताइस’ को ट्रेलर सार्वजनिक भएको छ ।  राजधानी आयोजित एक प्रेसमिटमा सार्वजनिक गरिएको सिनेम…

‘अन्तरे’ मा भित्रिए ‘बुलबुल’का मुकुन
‘अन्तरे’ मा भित्रिए ‘बुलबुल’का मुकुन
4 days ago BodhiHD

चलचित्र ‘बुलबुल’बाट डेब्यु गरेका अभिनेता मुकुन भुषाल नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । । सत्यराज च…

‘मिस्टर नेपाली’मा भिलेन भुवन !
‘मिस्टर नेपाली’मा भिलेन भुवन !
1 week ago BodhiHD

कात्तिकको २९ गतेबाट रिलिज हुने फिल्म ‘मिस्टर नेपाली’ मार्फत लामो समयपछि अभिनेता भुवन केसी पर्दामा आ…

‘सप्तरंग २’हमालको साथमा सातै प्रदेशको कार्यक्रम तय
‘सप्तरंग २’हमालको साथमा सातै प्रदेशको कार्यक्रम तय
1 week ago BodhiHD

महानायक राजेश हमालसहितका सात कलाकार सम्मिलित कार्यक्रम ‘सप्तरंग २’ को तयारी अन्तिम चरणमा पुगेको छ ।…

‘मिस्टर नेपाली’को ट्रेलर रिलिज
‘मिस्टर नेपाली’को ट्रेलर रिलिज
3 weeks ago BodhiHD

चलचित्र ‘मिस्टर नेपाली’को ट्रेलर सार्वजनिक भएको छ । कात्तिक २९ गतेबाट रिलिज हुन लागेको  यो चलचित्रमा…

प्रहरीलाई डन्ठे भन्ने गायक भिटेन पक्राउ,
प्रहरीलाई डन्ठे भन्ने गायक भिटेन पक्राउ,
3 weeks ago BodhiHD

हामी यस्तै त हो नी ब्रो गीतबाट चर्चा कमाएका गायक भिटेन पक्राउ परेका छन्। भिटेन उर्फ समीर घिसिङलाई मह…

‘अन्तरे’ बनाउँदै सत्यराज
‘अन्तरे’ बनाउँदै सत्यराज
3 weeks ago BodhiHD

विगत १२ बर्षदेखि निरन्तर नेपाली फिल्ममा सक्रिय रहेका निर्देशक सत्यराज चौलागाईँले नयाँ फिल्म बनाउने भ…

आयो सलमानको ‘दबंग ३’ ट्रेलर
आयो सलमानको ‘दबंग ३’ ट्रेलर
3 weeks ago BodhiHD

सुपरस्टार सलमान खान स्टारर फिल्म ‘दबंग ३’ को एक्सन प्याक्ड ट्रेलर सार्वजनिक भएको छ । बुधबार मुम्बईमा…

कम सोज पाएपछि सर्‍यो ‘घामड शेरे’
कम सोज पाएपछि सर्‍यो ‘घामड शेरे’
3 weeks ago BodhiHD

स्वस्तिमा खड्का अभिनीत फिल्म ‘घामड शेरे’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । रिलिजको दुई दिन अगाडी प्रद…